दुई दिन किन बन्द गरिँदैछ नेपाली आकास ?
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी बिहीबार सुरु हुँदैछ ।
सम्मेलनका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् । विदेशी पाहुना आउने भएपछि काठमाडौंका केही क्षेत्र चिरिच्याट्ट बनाइएको छ । पाहुनाले देख्लान् भनेर पाहुना हिड्ने आसपासका सडक पनि चिल्ला बनाइएका छन् ।
यो खुसीको कुरा पनि हो । तर, सम्मेलन अवधीभर काठमाडौंका गाडीहरु जोर विजोर नम्बरका आधारमा मात्रै चल्न पाउने छन् । दैनिक केही समय सडकमा कुनै गाडी गुड्न पाउने छैन । त्यति मात्रै होइन, आकाससमेत बन्द हुनेछ ।
बिमस्टेक सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आधादेखि सवा दुई घन्टासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ । विशिष्ट पाहुनाको सुरक्षा र सहजताका लागि मंगलबारदेखि नै केही समय सबै उडान बन्द गर्न लागेको छ ।
मंगलबार र बुधबार सामान्य विशिष्ट पाहुना आउने जहाज अवतरणका बेला आधा घण्टा विमानस्थल बन्द हुनेछ भने बिहीबार र शुक्रबार धेरै समय उडान बन्द हुने हुनेछ ।
सम्मेलनका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् । कतिपय देशमा विशिष्ट पाहुना मंगलबारदेखि आउने छन् । भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख भने सम्मेलन हुने दिन १४ गते मात्रै काठमाडौं आउँदैछन् ।
विदेशी पाहुना आउँदा बिहिबार विहान सवा ८ बजेदेखि साढे १० बजेसम्म र शुक्रबार पनि दिउँसो ११ बजेर बेलुका ४ बजेपछि पुनः दुई घण्टा विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुने विमानस्थल एयर ट्राफिक कन्ट्रोल रुमका प्रमुख सिताराम भण्डारीले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा बिहीबार मात्रै नेपाल आउँदैछन् ।
प्रतिकृया दिनुहोस