किन गरियो अमेरिकामा नेपालीको गोली हानी हत्या ?

Goli gun

काठमाडौं । प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली को मृत्यु भएको छ ।

स्थानीय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाउँदा २५ वर्षका बीरेन्द्र ठकुरीको मृत्यु भएको छ । मृतक ठकुरी आमा र दाईका साथ घटनास्थल नजिकै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए ।

करिब ८ बजेर ४५ मिनेट जाँदा स्थानीय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहल्ला गरेको प्रहरीले टेलिफोनमार्फत सूचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ ।

किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले नै गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो ।

काठमाडौं घर भएका मृतक ठकुरीको परिवार वेष्टमिनिष्टरमा बस्दै आएका थिए । घटनास्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ । डेनभरमा ठूलो संख्यामा नेपाली रहेका छन् ।

ठकुरी परिवार अमेरिकामा स्थायीरुपमा बसोबास गर्दै आएको बताईएको छ । घटनापछि उनको घरमा पुगेका छिमेकीले दुईजना दाजुभाई सांझ उक्त सडकमा पैदल हिँडिरहेका थिए । त्यहीबेला प्रहरीसँग साक्षात्कार भएका थिए । तर पनि प्रहरीले किन गोली चलायो थाहा हुन सकेको छैन ।

आमा बेहोस अवस्थामा रहेकी छन् । सँगै गएका दाइलाई पनि प्रहरीले हिरासतमा केहीबेर राखेर छाडिदिएको छ ।

प्रतिकृया दिनुहोस