बिम्स्टेकको पहिलो घेरामा नेपाली सेना
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ ।
सम्मेलनको पूर्वसन्ध्यामा चारवटै सुरक्षा निकालयले आफ्नो तयारी तीब्र बनाएका छन् । गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहने छ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भइरहेको सैन्य प्रवक्ता भण्डारीले बताए ।
‘सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड हुन्छ’ सैन्य प्रवक्ता सहायकरथी गोकुल भण्डारीले रातोपाटीसँग भने, ‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्नेगरी सुरक्षा योजना बनेको छ ।’
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलन अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा कुल १२ हजार प्रहरी परिचालित हुनेछन् ।
प्रतिकृया दिनुहोस