सर्वोच्चले प्रकाण्डलाई छाड्न दिए आदेश
काठमाडौं । सर्वोच्च अदालतले खड्गबहादुर विश्वकर्मालाई छाड्न आदेश दिएको छ ।
न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।
अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका उनलाई प्रहरीले अदालतको गेट बाहिर पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस