दण्डहीनताविरुद्ध सडकमा उत्रिए राप्रपाका महिला

Rpp mahila

काठमाडौं । महिलाहरुले राजधानीमा श्रृंखलाबद्ध बलात्कार, हत्या, हिंसा, सामाजिक अपराध र दण्डहीनताविरुद्ध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा पछिल्लो समयमा बढ्दै गएको श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कारका घटनाविरुद्ध महिलाहरुले राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाहीको नेतृत्वमा बबरमहलबाट शुरु भएको सो र्‍याली माइतीघर मण्डलामा पुगेर धर्ना परिणत भएको थियो ।

प्रदर्शनका क्रममा सहभागीहरुले महिला हिंसा अन्त्यको माग गरेका थिए । उनीहरुले ‘नारी अस्मिताको रक्षा गर, बलात्कारीलाई कारवाही गर, श्रृंखलाबद्ध रुपमा भइरहेका महिला हिंसा बन्द गर’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा राप्रपाको विभिन्न संगठनका महिलाहरु, पार्टीका महिला नेतृहरु र उपत्यकाका महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...