डा. केसी अस्पतालबाट डिस्चार्ज
सहमति कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण
काठमाडौं । डा. गोविन्द केसी झन्डै दुई साता उपचारपछि मंगलबार डिस्चार्ज भएको छ ।
केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई स्मरण गराएका हुन् । १३ दिनको अस्पताल बसाइँका क्रममा डा.केसीको ६ दिन आईसीयु उपचार गरिएको थियो ।
प्रतिकृया दिनुहोस