सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु, दुई घाइते

Sab death lash1

धनुषा । निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।

धनुषाको विदेह नगरपालिका–६ तीन कौरिया बस्ने रामशोभित महतोको घरमा मंगलबार बिहान सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा स्थानीय ३० वर्षीय मिस्त्री दिनेश चौधरीको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर घाइते भएका छन् । प्रहरीका अनुसार शुभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ ।

तीनकौरिया प्रहरी चौकीका अनुसार बिहान दिनेश चौधरी रिङ खोल्न सेफ्टीट्यांकीभित्र पस्दा निस्सासिएर घाइते भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए । तर उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...