न्यायालयको नेतृत्व खाली हुँदैन, छिट्टै नयाँ सिफारिस हुन्छ : दाहाल

Dahal

पर्सा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै छिट्टै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् ।

उनले संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको बताए । रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजो मात्र छलफल भएको स्पष्ट पार्दै भने–‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो, त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ ।’

‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनु पर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्यौं ।’ यस्तै फरक प्रशंगमा बोल्दै, केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एकभई सक्ने बताए । २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...