चिप्लेभीरमा सवारी दुर्घटना, जीप कर्णालीमा खस्यो
कैलाली । मोहन्याल गाउँपालिका-४ चिप्लेभीर नजिकै मंगलबार विहान जीप दुर्घटना भएको छ ।
चिसापानी बजारबाट विहान करिब ५ वजे कर्णाली यातायातको से१ ज९२९ नम्बरको जीप यात्रु लिन पितमारी तर्फ जाँदै गर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चिसापानीमा प्रमुख, इन्सपेक्टर दिपेन्द्र केसीले जानकारी दिए ।
केसीका अनुसार जीपमा देविराम देवकोटा मात्रै थिए । उनी हामफालेर बाच्न सफल भएको इन्सपेक्टर केसीले बताए ।
जीप सडकबाट करिब २५० मिटर तल कर्णालीको तिरमा खसेको छ ।
प्रतिकृया दिनुहोस