आफन्तले नै प्रहरीमा बुझाए बालिका बलात्कार गर्ने गजमेरलाई
झापा । झापाको अर्जुनधारा गाउँपालिका वडा नं. २ की एक ४ वर्षीय बालिकालाई बलात्कार गर्ने एक युवकलाई आफन्तले प्रहरीको जिम्मा लगाएका छन् ।
छिमेकी बालिकालाई साउन १६ मा बलात्कार गरी फरार भएका १५ वर्षीय बिजय गजमेरलाई उनकै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय विर्तामोडको जिम्मा लगाएका हुन् ।
बालिका बलात्कारपछि फरार रहेका गजमेरलाई इटहरी सुनसरीकी अधिकारकर्मी शान्ति गजमेर र सुन्दर हरैंचा नगरपालिकाकी जनप्रतिनिधि प्रमिला लकान्द्रीको पहलमा घटना भएको ५ दिनपछि आफन्तले नै प्रहरीको जिम्मा लगाएका थिए ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस