निशानका हत्यारा आमाकै होटलका दैनिक ग्राहक

Encounterr gopal

काठमाडौं । चमेली खड्का काँडाघारीमा चिया पसल चलाउथिन् । उनको पसलमा दैनिक ग्राहक थिए गोपाल तामाङ छन् ।

सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए ।

गोपाल तामाङ पेन्टिङको काम गर्थे । उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे । आइतबार पनि चमेलीकै पसलमा वियर खाएर निस्किएका थिए ।

निशान स्कुलबाट आएपछि मोवाइल किन्न भनेर निस्किएका गोपालले निशानलाई लगेका थिए । गोपालको मोवाइल भने पसलमै थियो । निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । राति ९ बजेतिर चमेलीलाई फोन आयो । त्यतिबेला ४० लाख मागियो ।

राति पटकपटक फोन गरेर उनीहरुले बालककी आमासँग फिरौती बार्गेनिङ गरिरहँदा बालकको पनि ज्यान लिने धम्की दिएका थिए । राति दुई पटक फोन गरेर उनीहरुले ४० लाख रुपैयाँबाट सुरु गरेको बार्गेनिङपछि फोन गरेको सिमकार्ड फ्यालेका थिए ।

प्रहरीका अनुसार फिरौती बार्गेनिङ गर्न उनीहरुले पहिलो सिम फ्यालेपछि दोस्रो सिमको प्रयोग गरेका थिए । प्रहरीका अनुसार आमासँग वार्गेनिङ गर्दागर्दै निशानको हत्या भएको हुनसक्छ ।

‘आमासँग बार्गे्निङ गर्दा गर्दै बालकको राति नै हत्या भएको खुलेको छ’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘राति नै बालकको ज्यान लिएपछि उनलाई ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशस्थित श्याम लवटको निर्माणाधीन घर बाहिरतर्फको गारोसँगै जोडिएको खाल्डोमा गाडिएको अवस्थामा भेटिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...