वाग्मतीको बाढीमा दुई बालक फसे
काभ्रे । काभ्रेको खानीखोला(७ र मकवानपुरको साविकको बेतिनु गाविसको सिसौघारीमा पर्ने वाग्मती नदीको बाढीमा दुईजना बालक फसेका छन् ।
माछा मार्न गएका ९ वर्षका दिनेश डिसीमगर र १२ वर्षका सञ्जय थिङ् बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) रविराज खड्काले जानकारी दिए ।
बालकहरु बाढीको बीचमा रहेको ढुंगामा बसेका छन् ।
विहान ११ वजे फसेका उनीहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । मौसमका कारण हेलिकोप्टर पुग्न नसक्दा उद्दारमा ढिला भएको छ ।
प्रतिकृया दिनुहोस