अपहरित बालकको हत्या, २ जना अपहरणकारी इन्काउण्टरमा मारिए

Goli prahar

काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच फाइरिङ हुँदा २ जना अपहरणकारी मारिएका छन् ।

अपहरित बालकलाई छुटाउन गरिएको सर्च अप्रेशनका क्रममा गरिएको ‘इन्काउन्टर’ मा २ जना अपहरणकारी मारिएका हुन् । प्रहरीको इन्काउण्टरमा परी गोपाल तामाङ र अजय तामाङ मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
दुवैजनामाथि प्रहरीले १८ राउन्ड गोली चलाएको थियो । उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको थियो ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

यता, काँँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको खुलेको छ । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा भेटिएको छ ।

प्रहरीले आइतवार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालकको खोजी तीव्र बनाएको थियो । तर, प्रहरीले खड्काको शब फेला पारेको छ ।

दुवै अपहरणकारी चिनजानकै व्यक्तिहरु हुन् । उनीहरु आइतबार दिउँसो नै बालकको आमाले सञ्चालन गर्ने खाजा पसलमा आएर बसेका थिए ।

साँझ बच्चालाई घुम्न भनेर लिएर गई अपहरण गरेका हुन् । अपहरणपछि उनीहरुले ४० लाख फिरौती मागेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...