नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो, फिस्लिङमा पनि पहिरो

Muglinga sadak sanchalan

चितवन । निरन्तरको वर्षापछि खसेको पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी खुलेको छ । सडक खण्डको जलवीरे र घुमाउनेमा खसेको पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले बिहान ५ः५५ बजेबाट अवरुद्ध सडक एकतर्फी खुलेको जनाएको छ ।

अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु आलोपालो गरेर पार गराइएको छ ।

यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

त्यसैगरी, पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...