बुधबारबाट बर्षातको क्रम कम हुन्छः मौसमविद

Rainy day

काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी परेको छ । खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ । आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ ।


पश्चिमको एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने मौसमविदले बताएका छन् ।

मौसमविद समीर श्रेष्ठका अनुसार मंगलबारबाट पूर्वमा र बुधबारबाट मात्र देशभर पानी पर्ने क्रम कम हुने उनले जानकारी दिए । तर, बदलीको अवस्था र हल्का पानी पर्ने क्रम जारी रहने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...