हनुमन्ते खोलाको वाढीले भक्तपुर डुवानमै, बढ्यो उपत्यकाका खोलामा वाढी
भक्तपुर । लगातार आएको वर्षाका कारण सोमबार पनि भक्तपुर डुबानमा परेको छ । लगातारको वर्षाका कारण उपत्यकाभित्रका सबै खोलानालामा पानीको वहाव पनि बढेको छ ।
शनिबार पनि भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर, धानखेती आदि डुवानमा परेका थिए ।
शनिबारदेखि आएको लगातारको वर्षाले बाढीकै कारण हनुमानाचास्थित इन्टरनेशलन ग्रीन डेभलपर्स प्राइभेट लिमिटेडद्धारा सञ्चालित गोर्खा इको प्यानल, हनुमन्ते खोला नजिकैको हनुमानघाटस्थित श्री बाल सेवक निम्न माध्यमिक विद्यालय डुवानमा परेको छ ।
भक्तपुर गत असार २८ गते पनि डुवानमा परेको थियो । तर सोमबारको डुवानले खासै प्रभाव पारेको छैन । आइतबार पनि सामान्य डुवान थियो । असार २८ मा भएको डुवानले त्रास फैलिएको भए पनि आइतबार र सोमबारको डुवानले स्थानीयमा त्यति सन्त्रास छाएको नभएको भए पनि लगातारको वर्षाका कारण थप डुवानमा पर्ने हो की भन्ने त्रास चाँही फैलिएको छ ।
असार २८ गतेको पहिरो र बाढी तथा डुवानका कारण ३ जनाको मृत्यु, ४ जना घाइते, ५० घरमा क्षति पुग्नुका साथै पाँंच सय ५० घर परिवार विस्थापित भएका थिए ।
बाढीले बाहारीस्थानस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालय पनि डुवानमा परेको छ । अस्थायी टहरमा रहेको स्कुलको कक्षाकोठा डुवानमा पर्दा आइतबार पठनपाठन भएन ।
डुवानले भीमसेनस्थानस्थित हनुमन्ते खोला नजिकैको सिद्धि स्मृति महिला तथा वालबालिका अस्पताल डुवानमा परेको छ । सल्लाघारीस्थित डा. इमामुरा मेमोरियल अस्पताल पनि डुवानमा परेको छ ।
यता डुवानले मध्यपुर थिमि क्षेत्र पनि डुवानमा परेको छ । राजमार्ग छेउको राधेराधे, सल्लाघारी, सृजना नगरलगायतका क्षेत्र डुवानमा परेको छ ।
प्रतिकृया दिनुहोस