जनता आवास कार्यक्रम : दुई वटा घरबाटै डेढ लाख घोटाला

Bajura janata aawas ghar

बाजुरा । सरकारले विपन्न परिवारका लागि संचालन गरिएको जनता आवास कार्यक्रमबाट बडीमालिका नगरपालिकामै झण्डै डेढ लाख घोटाला भएको पाइएको छ ।

मार्तडी जनता आवास भवन निर्माण समितिअन्र्तगत निर्माण पुरा भएका सात वटा घरको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीबाट तेस्रोे किस्ता रकम निकासा गर्दा एक लाख ३९ हजार ५ सय ९० रुपैया घोटाला भएको खुलासा भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट बाजुरामा खटिएका प्राविधिकहरु मोहन विक, शंकर खड्का र रतन धामीले समुहमा रहेका १० घरमध्ये सातवटा घरको तेस्रो किस्ता ८१ हजार ७ साय ९५ रुपैया प्राप्त गर्ने प्रतिवेदन तयार भएको थियो ।

सोही आधारमा डिभिजन कार्यालय डोटीले मार्तडी जनता अवास भवन निर्माण समितिको नाममा असार २५ गते पाँच लाख ७२ हजार ५ साय ६५ रुपैयाको एकाउन्ट पेइ चेक समितिका संयोजक संजय विकलाई उपलब्ध गराएको बुझिएको छ ।

एनएमबी बैंकमा जम्मा भएको सो रकम मध्येबाट समितिका संयोजक संजय विकको नाममा ४ लाख ३३ हजार ४ सय ७ रुपैया २७ पैसा भुक्तानी भएको पाइएको छ । बाँकी रकम १ लाख ३९ हजार ५ सय ९० रुपैयाँ गायव छ ।

यसरी भयो घोटाला
मार्तडी जनता आवास भवन निर्माण समितिअन्र्तगत १० परिवारमध्ये नन्दा विक, भुजी लवार, रंगी चदारा, बजिरे चदारा, चन्दा विक र टिउकी चदाराले घर निर्माण प्रगति प्रतिवेदनका आधारमा सम्झौता अनुसारको रकम पाउनुपर्ने हो ।

दुई वटा घर मापडण्डअनुसार नभएको भन्दै रंगी चदारालाई १५ हजार २ सय ९६ र चन्द्रा विकलाई ९ हजार १ सय ३५ रुपैया दिनेगरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख टेकराज भट्टले लिखित पत्र समितिलाई पठाए ।

यता समिति संयोजक विक डिभिजन प्रमुखको हस्ताक्षर चिठ्ठीको आधारमा रकम विभाजन गर्न लागेको भन्दै उम्किन खोजिरहेका छन् । डिभिजन कार्यालयका कर्मचारीको डिजाइनअनुसार १ लाख ३९ हजार ५ सय ९० रुपैया झ्वाम पार्ने योजना विभिन्न तथ्यहरुले देखाइरहेको छ ।

यसरी खुलेआम राज्यबाट गरिव जनतालाई आवास मुनी राख्ने पवित्र सरकारी उद्देश्यलाई केही कर्मचारीले खिल्ली उडाइरहनु र न्यायिक निकाय मौन बस्नुले गरिव त मर्छन् नै, राज्यलाई समेत निक्कै हानी हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...