भदौ ५ मा लक्ष्मण थारुको घर जग्गा लिलामीमा !

Laxman tharu jagga

धनगढी । कुनै बेलाका चर्चित पात्र हुन् लक्ष्मण थारु । जुनबेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए । उनी थरुहट तराई पार्टीका अध्यक्ष पनि थिए । 

त्यो बेला थारुको बोलवाला थियो । तर, अहिले थारु निरीह बनेका छन् ।

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर जग्गा लिलाम हुने भएको छ । उनको घर जग्गा भदौ ५ गते लिलाम हुँदैछ ।

कैलाली जिल्ला अदालतले यहि साउन १७ गते जारी गरेको लिलामी सूचनामा लक्ष्मण थारुको पनि घर जग्गा लिलामीमा रहेको उल्लेख छ । जिल्ला अदालतले भदौं ५ गते दिउँदो २ बजेदेखि साँझ ४ बजेसम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र आव्हान गरेको छ ।

तत्कालिन फूलबारी गाविस –१ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उपमहानगरपालिका १८ को कित्ता नं ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने सूचना जारी गरिएको छ ।

थारुले टीकापुर घटना हुनु अगाडी काठमाडौको नयाँ बानेश्वरमा थारु भिलेज रिसोर्ट सञ्चालनमा ल्याएका थिए । तर, टिकापुर घटनापछि थारु पक्राउ परेका थिए । त्यसयता रिसोर्ट बन्द छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...