के गर्दैछन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेपाली धर्मपुत्र सारु ?

Indian media gatecrash jeet bah

काठमाडौं । भारतमा प्रचण्ड बहुमतले प्रधानमन्त्रीमा नियुक्त भएर चार बर्षअघि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउँदा नरेन्द्र मोदीको बेग्लै क्रेज र चर्चा थियो । साथमा, उनीसँगै चर्चा थियो नवलपरासीका जितबहादुर सारु मगरको । उनी मोदीका ‘नेपाली धर्मपुत्र’का रुपमा व्याख्या गरियो ।

जितबहादुरलाई घर छाड्न आउँदा मोदीको चर्चासँगै नेपालस्थित भारतीय दूतावासले जितबहादुर परिवारलाई पाँचतारे ‘हायात’ होटलमा राखेको थियो । नवलपरासीमा २० साउनकै मितिमा जितबहादुर ‘एलीयन’ जस्तो भएका थिए । पुरै गाउँले उनलाई हेर्नका लागि झुम्मिएका थिए । तर, अहिले गुमनाम छन् ।

त्यसपछि मोदी दुई पटक नेपाल भ्रमणसहित संघीय राज्य भएपछि केही महिनाअघि नेपाल भ्रमणमा आए । जितबहादुर न मोदीलाई भेट्न आए, न मोदीले जितबहादुरलाई सम्झिए ।

मोदीले जितबहादुरकी आमा र परिवारका सबै सदस्यलाई पहिलो पटक आउँदा भेटेका थिए । मोदीले जितबहादुरकी आमा खगिसरालाई त्यसबेला भनेका थिए, ‘मैले तपाईंको छोरालाई बडो माया गरेर हुर्काएँ, राम्रो कलेजमा पढाउँदै छु । अब तपाईंको जिम्मा लगाउन चाहन्छु ।’

चर्चा र समाचार रेखामा रमाउने मोदीले त्यसपछिका भ्रमणमा एक पटक पनि जितबहादुरको सम्झना गरेनन् न, जितबहादुुर उनलाई भेट्नका लागि कुनै ठाउँमा पुगे ।

भारतीय वायु सेनाको विशेष विमानमा आफूसँगै जितबहादुरलाई पनि लिएर आएका मोदीले काठमाडौं उतारेका थिए ।

काठमाडौं उत्रनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले आफूलाई बसोबासको व्यवस्था गरिएको होटल हायात पुगेर सबभन्दा पहिले जितबहादुरका परिवारजनलाई भेटेका थिए । प्रधानमन्त्री मोदी र छोरा जितबहादुरलाई भेट्नेबित्तिकै खगिसरा एकक्षण भावुक बनेकी थिइन् ।

जितबहादुरका आफन्तहरूका अनुसार उनी भारतमै छन् । तर, मोदीसँग छन् वा अन्यसँग भन्नेचाहीँ सम्पर्क हुन सकेको छैन । जितबहादुरले घरपरिवारसँग कहिलेकाहीँ सम्पर्क गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...