सानेपामा भेटिए गंगामाया अधिकारीका छोरा नुरप्रसाद
काठमाडौं । लामो समयदेखि वेपत्ता रहेका गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद भेटिएका छन् ।
हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी कार्य तीव्र बनाइएको थियो ।
कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए । आफूलाई सुरक्षा थ्रेट रहेको र आमासँग केही विवाद रहेकाले आफू सम्पर्कमा नबसेको उनले बताएका छन् ।
सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । २०६१ जेठ २४ मा चितवन रत्ननगरमा तत्कालीन माओवादीले उनको हत्या गरेको थियो ।
अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको थियो । उनलाई प्रक्रिया पुरा गरेर बुझाइने महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस