१३ वर्षीया बालिकालाई शौचालयमा बलात्कार

Rape 13

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

साउन १७ गते साँझ ५ बजे बालिकालाई बसन्त बुढाले बलात्कार गरेको बताइएको छ । बलात्कार आरोपी युवकको चिसापानीमा होटेल छ । उनले आफ्नै होटलको शौचालयमा बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बलात्कार आरोपी पक्राउ परेका छन् ।

बलात्कार आरोपी युवकलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरेको इप्रका लम्कीका इञ्चार्ज सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनले पीडित बालिकाको स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...