जाजरकोट अपडेट : ७ जनाको शव भेटियो, एक जना अझैं वेपत्ता
जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा पुरिएकामध्ये ७ जनाको शव निकालिएको छ । सो पहिरोमा परी अझैं २ जना वेपत्ता छन् ।
भेरी नगरपालिका वडा नं. ३ खलंगास्थित तीर्थ तीर्थराज बोहराकी उनी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । बोहरा पत्रकार हुन् ।
सो पहिरोमा परी मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार , ३ वर्षीया मनिसा परियार,१३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार छन् ।
सो पहिरोमा परेकामध्ये भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी इन्द्रजित सुनारले बताए ।
प्रतिकृया दिनुहोस