जाजरकोटमा पहिरो : ६ जनाको मृत्यु, अन्यको खोजी कार्य तीव्र

Jajarkot pahiro

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

पहिरोले पुरेका ६ जनाको शव निकालिएको छ । चार जना अझ बेपत्ता छन् ।

भेरी नगरपालिका वडा नं. ३ खलंगास्थित तीर्थ तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। उनी क्रान्तिकारी पत्रकार संगठन नेपाल जाजरकोटका अध्यक्ष हुन् । सो घटनामा परी उनी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ ।

भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन् । एक जनाको अझैं पहिचान भएको छैन । 

उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा त्यहाँ ४ जना बालबालिका अझै हराइरहेका छन् । प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार, नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन् ।

बिहान ८ बजे घटना भए लगतै प्रहरी घटनास्थलमा खटिएको थियो । पहिरोले गोपाल सुनारको घरका पूर्णरुपमा पुरेकाले उद्धारमा समस्या भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...