काँग्रेसका सभापति पंगेनीको मृत्यु
काठमाडौं । नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको मृत्यु भएको छ । पंगनीको हृदयघातका कारण आइतबार विहान निधन भएको काँग्रेस स्याङ्जाले जनाएको छ ।
गएराती देखि नै सामान्य बिरामी देखिएका पंगेनीलाई बिहान करिब ६ बजेतिर स्याङ्जाको हेलुमा रहेको कालिका सामुदायिक अस्पताल र्पुयाएको केहिबेरमै मृत्यु भएको घोषणा गरिएको थियो ।
पंगेनी २०७० सालको संबिधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट बिजयी भएका थिए भने २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ (क) बाट पराजित भएका थिए ।
संगठन निर्माणमा कुशल र इमान्दार नेताका रुपमा परिजित पंगेनीका श्रीमती र एक छोरा र एक छोरी छन् ।
प्रतिकृया दिनुहोस