जाजरकोटमा आएको पहिरोले १ को मृत्यु, ८ जना पुरिए

Udhar 0

जाजरकोट । अविरल वर्षात्का कारण आइतबार बिहान पहिरो खस्दा १ जनाको मृत्यु र ८ जना पुरिएका छन् ।

एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका छन् । पहिरोले स्थानीय तीर्थराज बोहराको घर पुरिँदा उनकी छोरी ५ वर्षीय नज्मा बोहराको मृत्यु भएको हो । पहिरोले उक्त घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालक पुरिएका छन् ।

पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना विक, ३ वर्षीय मनिसा विक, ९ वर्षीय भगवती विक, १२ वर्षीय गोविन्द परियार, ६ वर्षीय दशरथ परियार, १२ वर्षीय नरेन्द्र परियार र १० वर्षीय नवीन परियार पुरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताए ।

पुरिएकाहरुको प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीय लगायतले उद्धार जारी राखेको निमित्त प्रजिअ खतिवडाले बताए । उक्त पहिरोको कारण ठाँटीबजार आसपासका १७ वटा घर जोखिममा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...