नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Narayangadh muglin  sanchalan

चितवन । घुमाउनेमा पहिरो जाँदा शनिबार रातिबाटै ठप्प भएको नारायणगढ–मुग्लिन सडक आइतबार बिहान साढे नौ बजेबाट दुई तर्फी रुपमा चल्न थालेका छन् ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदकुमार गौतमका अनुसार शनिबार राति १० बजे पहिरो गएपछि बाटो बन्द भएको थियो । बिहान उज्यालो भए लगत्तै पहिरो हटाउन सुरु गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो । यो बाटो हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्छन् । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सडक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...