दोलखा तरुण दल उपाध्यक्षको ज्यान लिने प्रयास, सुतेकै ठाउँमा खुकुरी प्रहार

Chitra tamang tarun dal1

दोलखा । नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङमाथि दोलखा सदरमुकाम चरिकोटमा गए राती सुतेकै ठाउँमा सांघातिक आक्रमण भएको छ । 

तामाङमाथि धारिलो हतियार प्रयोग गरि शरीरका विभिन्न भागमा आक्रमण भएको हो । उनको दाहिने खुट्टाको घुँडा, अनुहारमा खुकुरी प्रहारबाट चोट लागेको छ । घाइते तामाङको चरिकोटको स्थानिय अस्पतालमै उपचार भएको जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको बताएको छ ।

आक्रमण गर्ने किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते तामाङले आफ्नो खुट्टा छिनाउने गरि आक्रमण भएपनि संयोगले बचेको बताए । नेपाल तरुण दलले घटनामा संलग्न केसीलाई ज्यान मार्ने उद्योग अन्तर्गत कडा कार्वाहीको माग गरेको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आक्रमणकारीलाई कसैको दवावमा परि उन्मुक्ती दिने प्रयास भए त्यो आफूहरुले प्रतिवाद गर्ने बताए । स्थानिय प्रहरीले दोषीलाई कानुनी दायरामा लिइ कार्वाही शुरु गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...