अझै तीन दिनसम्म बदली र वर्षा हुने
काठमाडौं । आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् ।
आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।
आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार भने पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस