रारा विमानस्थलको त्रास : सयौ घर जोखिममा

Rara bimansthal ko jokhim

मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा छ रारा विमानस्थल । ०३९ बाट निर्माण कार्य सुरु भएर ०६१ वैशाखामा सुचारु भएको विमानस्थल दुर्गमका बासिन्दाका लागि जति सहयोगी बनेको छ, त्यो भन्दा कयौ गुणा खतरा पनि बनेको छ ।

छायानाथ रारा नगरपालिका –४ ताल्चामा रहेको रारा विमानस्थलबाट निकास भएको पानीले तीन सय घरधुरी जोखिममा परेका छन् । रारा विमानस्थलबाट निकास भएको पानीले तीन वर्षदेखि कटान गर्दै जाँदा सयौं घर जोखिममा परेका हुन् ।

पानीले दोबाट, कालाढुङ्गा, कोष, बोटु, कालापाल्ता, माथिल्लो कालापाल्ता, पाटपोटेनी बस्तीका घर जोखिममा पारेको हो । यहाँ सामान्य वर्षा हुँदासमेत पानी गाउँमा पस्ने गर्छ ।

पानीसँगै पहिरो गएपछि खानेपानीका मुल, काठेपुल, गारेटो बाटो, गमगढी पिना र गमगढी ताल्चा जोड्ने सडकलगायत भौतिक संरचनामा क्षति पुर्याएको छ ।

तत्काल समाधान नभए सबैको उठिबास हुने नगरपालिका—४ भामबाडा गाउँका स्थानीय बताउँछन् । विमानस्थलको उत्तरतर्फदेखि घट्टेखोला नदीसम्म चार किलोमिटर क्षेत्रमा बग्ने निकासीको पानीले १० हेक्टरबढी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...