मानिसको मृत शरिरवाट सर्प, भ्यागुता र छेपारो झिक्ने भन्दै शव चिरियो

Death bordy treathment

गोरखा । बोक्सीको आरोपमा विपन्न र दलितहरुलाई मलमुत्र खुवाएको, कुटपिट गरेको र हत्या सम्म गरेका घटना हामीले देखेका सुनेका छौं ।

तर गोरखामा भने हालै अनौठो घटना बाहिर आएको छ । बोक्सी लागेर मरेको भन्दै युवाहरुको एक समुहले मृत शरिरवाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै चिरफार गरेका छन् । अन्त्यष्टि गर्न स्थानियले लैजांदै गरेको अवस्थामा मास्क लगाएका युवाहरुले शव खोसेर चिरफार गरेका हुन् ।

बोक्सी लागेर मरेको र उसको पेटभित्र सर्प, भ्यागुता, छेपारो रहेको भन्दै स्थानीय उच्छृंखल युवाले एक साता अघि ५२ वर्षीय भीम गुरुङको शव क्षतविक्षत पारे । उनीहरुले चक्कु, छुरी लगायतका घरेलु हतियारले शव चिरेका हुन् ।

केही समय देखि विरामी उनलाई बोक्सी लागेको भन्दै अस्पताल नलगेर धामीझांक्रीवाट उपचार गराइदै आएको थियो । तर उनको झाँक्रीकै घरमा मृत्यु भएपछि अन्तिमसंस्कारका लागि स्थानियले लिएर गए ।

दाहसंस्कार गराउन चिहानडाँडा लगेको लाशलाई स्थानीय युवाले खुकुरी, हँसियाले चिरफार गरे स्थानिय एक महिलाले भनिन् । ति युवाहरुले लाश काट्ने मात्र काम गरेनन् बोक्सी लागेर मरेको भन्दै फोटो र भिडियो पनि खिचेर देश विदेशमा पठाएका छन् ।

स्थानीय ५६ वर्षीया काली गुरुङ र उनकी छोरी मीनकुमारी गुरुङमाथि उनीहरुले बोक्सीको आरोप लगाएका छन् । गाउँमा त्यस्तो घटना भएपछि बोक्सीको आरोप खेपेका आमाछोरी निकै त्रसित भएका छन् । शव चिरेको भोलिपल्टदेखि उनको परिवारलाई सामाजिक बहिष्कार गरेका छन् । ति आमा छोरीले पाउरोटी उद्योग संचालन गर्दै आएका थिए । उनीहरुले बनाएको पाउरोटी गाउँलेले किन्न समेत छाडेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...