विभिन्न व्यक्तिलाई लुमन्तीको सम्मान

Lumanti samman

काठमाडौं । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई लुमन्तीले सम्मान गरेको छ ।

विपन्न वर्गको आवासको लागि दशकौंदेखि संघर्षरत लुमन्ती नामक गैरसरकारी संस्थाले राजधानीमा आफनो २५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न व्यक्तिलाई विभिन्न पाँ वटा विधामा सम्मान गरेको हो । 

लुमन्तीले न्युुन लागतको आवास निर्माणका पायोनियर व्यक्ति भुवनेश्वरलाल श्रेष्ठ र लुमन्तीका संस्थापक अध्यक्ष प्रफुल्लमान प्रधानलाई विशिष्ट सम्मान गरेको छ ।

५० हजार प्रतिव्यक्तिको मैत्री पुरस्कार भक्तपुरका दयालक्ष्मी छ्वाजू, गोकर्णेश्वरका सूर्यमाया श्रेष्ठलाई प्रदान गरेको छ ।

२५ हजार रुपैयाँको समृद्धि पुरस्कारबाट तानसेनका राधा कार्की, लेखनाथका कन्याकुमारी क्षेत्री, काठमाडौंका सृजना तामाङ र काठमाडौंकै भगवती कार्कीलाई प्रदान गरेको छ ।

२५ हजार रुपैयाँकै राशी बराबरको रमेश मानन्धर फेलोसिप आर्किटेक्ट इन्जिनियरिङ पढ्न इन्ष्टिच्युट अफ इन्जिनियरिङका शुभेच्छा भण्डारी र कृष्णराम भण्डारीलाई प्रदान गरेको छ ।

स्वर्गीय मैन्य शाह स्मृति पुरस्कारबाट बाराका सम्झना सुवेदी, बाँकेका मन्दिरा रिमाल र बाँकेकै भीमा शाही, मोरङकी इश्वरा नेपाल, चितवनकी माया गिरी र ललितपुरकी गुणकेशरी महर्जन पुरस्कृत भएका छन् । यो पुरसकारको राशी १५ हजारको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...