ढकाल बने कानुनमन्त्री, अर्याललाई बनाइयो भूमि व्यवस्था मन्त्री
काठमाडौं । कानुन, न्याय तथा संघीय मामला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । शेरबहादुर तामाङको राजिनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल नियुक्त भएकी छन् । उनी यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन् ।
बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीहरुबारे विवादास्पद अभिव्यक्ति दिएर शेरबहादुर तामाङको राजीनामापछि रिक्त कानुन मन्त्रालयको जिम्मा ढकालले पाएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य ढकाल मोरङको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले चिकित्सा व्यवसायी सुनिल शर्मालाई पराजित गरेका थिए ।
उता स्वास्थ्य राज्यमन्त्री रहेकी पदमाकुमारी अर्याल मन्त्रीमा पदोन्ति भएकी छन् । उनलाई भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी दिएको छ । उनीहरुको ४ बजे सपथ ग्रहण गरिने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस