घोडाघोडीमा नेविसंघले लगाएको ताला खुल्यो

Ghodaghodi napa

सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा नेविसंघले लगाएको ताला खुलेको छ ।

विद्यालय समायोजन र तह मिलानका सम्बन्धमा गरिएको निर्णय फिर्ता लिनुपर्ने लगायतका माग राख्दै नगरपालिकामा तालाबन्दि गरिएको थियो ।

शुक्रबार वार्ता र छलफलगरी निकालिएको अन्तिम छलफलमा नगरपालिका अघि बढ्ने सहमती गरेपछि ताला खोलिएको बताइएको छ ।

नेविसघंले घोडाघोडी नगरपालिकाले गरेको विद्यालय समायोजन र तह मिलान सम्बन्धि गरेको निर्णयलाई पुनः विचाार गरेर अगाडि जान ७ बुँदे ज्ञापन पत्र बुझाएको थियो । विद्यालय समायोजन र तह मिलानको निर्णयविरुद्ध नेबिसंघ आन्दोलित भएको हो ।

नगर प्रमुख ममता प्रसाद चौधरीले शिक्षामा गुणस्तर ल्याउनका लागि गरेको निर्णयलाई नकारात्मक ढगंले नबुझीदिन आग्रह गरेका छन् । मनोमानी ढंगले नभै सबै सङ्ग छलफल गरि विद्यालय समायोजन र तह मिलान कार्य गरेको उनले बताए ।

उनले भने ‘सबैसँग नितिगत सल्लाह भएपछि मात्रै यो कार्य अघि बढेको हो ।’ ‘हामीले गरेको निर्णय कुरा सबै सहि हुन्छ भनेर भन्नु गारो होला, तर आन्दोलन बिरोधकै लागि हो भने समस्या समाधान गर्नुपर्छ, जिम्मेवार रुपमा आउनेसँग छलफल गर्छौ जे निष्कर्ष आउँछ त्यहि अनुसार अगााडि बढ्छौं’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...