दश बर्षीया अपाङ्ग बालिका बलात्कृत

Rape

घोराही । दाङको घोराहीमा अपांगता भएकी बालिकामाथी बलात्कार भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ रझेना निवासी सुस्त मनस्थिती भएकी १० बर्षिया बालिकाको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

बालिका माथि बलात्कार भएको जाहेरीका आधारमा प्रहरीले घोराही उपमहानगरपालिका वडा नं १२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीका अनुसार साउन १० गते दिउसो बस्नेतले घरमा कोही नभएको अबस्थामा बालिका माथी करणी गरेको जाहेरीमा उल्लेख गरीएको छ ।

पिडित बालिकाले जाहेरी दिएपछि अभियुक्तलाई सोही दिन नै पक्राउ गरेको प्रहरी नायव निरीक्षक खत्रीले बताए । बस्नेतमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...