मनकामना मन्दिरमा तीन किलो सुनको अभाव
काठमाडौं । छानामा जलप लगाउन ३ किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ ।
गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।
उनका अनुसार पुरातत्व विभागबाट निकासा भएको ४ करोड रुपैयाँले ७ किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट ८ किलो सुन खरिद गरिएको थियो ।
सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस