चितुवाको छालासहित तीन जनालाई पक्राउ

Tiger skin bone 1

काठमाडौं । पोखरामा चितुवाको छाला ओसारपसार तथा खरिद बिक्रीमा संलग्न भएको तीन जनालाई पक्राउ गरेको छ ।

बागलुङ तमानखोला गाउँपालिका ६ का झलक छत्याल, देवेन्द्र रसाइली र ज्ञानेन्द्र सेन्चुरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समूह पोखराको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चितुवाको छालासहित बुधबार पोखरा लेखनाथ महानगरपालिका ७ स्थित अन्नपूर्ण टोलबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला बरामद गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पोखरामा बुझाइएको बताइएको छ ।

वन कार्यालयले उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...