वीरगञ्ज भन्सारमा गहुँको बोरामा कपडा !

Birganj

वीरगञ्ज । विरगञ्जको भन्सारमा गाडी जाँचका क्रममा गहुँको बोरामा कपडा पाइएको छ ।

भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करीब दुई लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले बिहिबार बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेको बताए ।

भारत मोतिहारीअन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहँुको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताए ।

प्रहरीले पक्राउ परेकोे कपडा तथा ६ कार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...