निरुदेवी पालको छातीमा पेस्तोल ताक्ने को हुन् ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद निरुदेवी पालको छातीमा एक व्यक्तिले पेस्तोल तोकाका छन् ।
मंगलबार साँझ करिब ८ बजे बानेश्वरको थापागाउँस्थित विद्यासदन हायर सेकेन्डरी स्कुलनजिकै पालले नचिनेको एक समूहले पालको छातीमा पेस्तोल ताक्दै ज्यान मार्ने धम्की दिएको बताएकी छन् ।
उनको निवास पनि सोही स्थानमा छ । किनारा पसलबाट दूध किनेर फर्किने क्रममा एक अपरिचितले समातेर छातीमा पेस्तोल सटाएर ज्यान मार्ने धम्की दिएको पालले सार्वजनिक गरेकी छन् ।
‘चिया खान मन लाग्यो । दूध सकिएको रहेछ । नजिकै रहेको किराना पसलमा दूध किन्न गएँ । दूध लिएर फर्कने क्रममा रेनकोट लगाएको एक अपरिचित मेरोसामु आयो । समातेर मलाई भित्तामा अँचेट्यो । उसको हातमा पेस्तोल थियो । मेरो छातीमा पेस्तोल सटाएर ज्यान मार्ने धम्की दिएर हिँड्यो । म आत्तिँदै कोठातर्फ लागेँ’ पालले भने ।
संसदीय सुनुवाइ समितिकी सदस्य समेत रहेकी प्रधानन्यायाधीशबारे सुनुवाई भइरहेको बेला सांसद पालको छातीमा पेस्तोल ताकिएको हो । सांसद पालले प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध नबोल्न भन्दै धम्की दिएको बताइन् ।
पालले चर्चामा आउन पेस्तोलको हल्ला गरेकी हुन् वा गरेकै हो र कसले ताक्यो भन्ने अनुसन्धान हुन बाँकी छ ।
प्रतिकृया दिनुहोस