पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

Pahiro 3

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा एकतर्फी बाटो मात्र सवारी साधान सञ्चलन गरिएको छ ।

सडकअवरुद्ध भएसँगै सयौं सवारी र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन दुवैतर्फ गर्दा करिब १० किलोमिटर टाढासम्म पुगेको छ । 

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण जोखिमपूर्ण छ । यस सडकखण्डमा दिनहुँजसो पहिरो खस्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...