घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन

Opc  1

तुलसीपुर । घोराहीको गोग्लि स्थित घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट उत्पादन गुणस्तरहिन भएको पाईएको छ ।

गएको जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसि सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएपछि वर्दिया जिल्ला प्रशासनले एक्सन लिएको हो ।

गुणस्तर अनुरुप नभएको हुँदा उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको त्यहाको प्रशासनले जानकारी दिएको छ ।

पत्र सख्या ७५/७६ रहेको जिल्ला प्रशासन कार्यालय वर्दियाका सुचना अधिकारी महेन्द्र जङ्ग शाहीद्वारा हस्ताक्षरीत प्रेस नोटमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर यकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...