बिराटनगर भारतीय फिल्ड अफिस सेवा बन्द

विराटनगरस्थित फिल्ड अफिसबाट हुँदै आएको काम अब काठमाडौंमा

India field office

विराटनगर । भारतीय फिल्ड अफिसले बुधबारदेखि आफ्नो सेवा बन्द गरेको छ ।

भारतीय दूतावासले फिल्ड अफिसका रुपमा १० वर्ष अघि सो कार्यालय स्थापना गरेको थियो । भारतीय दूतावासले केही साता अघि प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको फिल्ड अफिस हटाउने जनाएको थियो ।

सोही अनुसार फिल्ड अफिस विराटनगरबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दूतावासको फिल्ड अफिसको सेवा बन्द गरिएको सुन्नमा आए पनि आधिकारिक रुपमा भने कुनै जानकारी नआएको बताएका छन् ।

उनले नेपाल र भारत सरकारबीचको उच्च नेतृत्व तहको कुरा भएकाले यस बिषयमा जानकारी नगराइएको हुन सक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको थियो ।

यसअघि नै भारतीय दूतावासको फिल्ड अफिस हटाउने भनिए पनि कार्यान्वयमा आउन सकेको थिएन । २०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो ।

विराटनगरस्थित फिल्ड अफिसबाट हुँदै आएको काम अब काठमाडौंस्थित भारतीय दूतावासबाट हुने भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...