कटारीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२ स्थित गिद्धाबर घर भएकी २३ वर्षकी यसोदा कट्टेलको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
मङ्गलवार बिहान करिब ४ बजेको समयमा घर लिपपोत गरिरहेकी उनलाई माटो लीन गोठमा गएको बेला सर्पले टोकेको थियो ।
केही समयपछि कट्टेललाई कटारी-१,स्थित बेल स्रोत आर्मी क्याम्पको सर्प दश उपचार केन्द्र्रमा उपचारमा पुर्याए पनि अवस्था जटिल भइसकेकोले थप उपचारको लागि बाहिर लैजान क्रममा बाटोमा मृत्यु भएको उनका परिवारले जनाएको छ ।
प्रतिकृया दिनुहोस