विद्युतीय धरापमा परी ३ जना पत्रकारको मृत्यु
काठमाडौं । मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत ३ जना रुसी पत्रकारको मृत्यु भएको छ ।
वृत्तचित्र निर्माणकाक्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका उनीहरूको विद्रोहीको समूहले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको हो ।
उनीहरुले वाग्नर विद्रोही समूहकाबारेमा वृत्तचित्र निर्माण गरिरहेको एजेन्सीहरूमा उल्लेख छ । मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा थापेको धरापमा उनीहरू परेका हुन् ।
यद्यपी कुन समूहले थापेको विद्युतीय धरापमा उनीहरु परेको भन्ने खुलेको छैन ।
प्रतिकृया दिनुहोस