महाकाली नदीमा बगेर एक बालक बेपत्ता

Mahakali river

डडेल्धुरा । महाकाली नदीले बगाएर एक बालक बेपत्ता भएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका–५, परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ महाकालीमा बगेर बेपत्ता भएका हुन् ।

बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको प्रहरीले जनाएको छ ।

प्रहरी र गाउँले उनको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...