हत्याको अभियोगमा प्रतिवादी पक्राउ
भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा
सप्तरी । जिल्लाको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी, बुधबार पत्रकार सम्मेलनमा पञ्चदेव साहले बेचनी देवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको घटनाको सत्यतथ्य अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा घरपरिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका कारण देवर पञ्चदेव साह र छोरा धर्मेन्द्र साह तथा स्थानीय जिवछ साहसहितकाले हत्या गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रहरीको अनुसन्धानबाट रक्सी खुवाएर दुवै जनालाई घाँटी थिचेर हत्या गरी बोरामा बाँधेर नहरमा गाडिएको शव दुई दिनदेखि पत्तालगाउने कार्य जारी रहेको सप्तरी प्रहरी प्रमुख सिंहले बताए ।
साउन ७ गते पक्राउ परेका हत्यामा संग्लगन रहेका प्रतिवादी पञ्चदेव, धर्मेन्द्र र थापा भनिने जिवछ साहबाट अनुसन्धानका क्रममा हत्या गरेको खुल्न आएकाले सूर्यनारायण र भतिजाको शव खोजी कार्य जारी रहेकाले प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतवाट म्याद थप गरी अनुसन्धान कार्यसमेत थालिएको सप्तरी प्रहरी प्रमुख सिंहले बताए ।
प्रतिकृया दिनुहोस