नेपाल-भारत सीमास्तम्भ पुनः निर्माण

दाङमा ५९ सीमास्तम्भ निर्माण

Sima surakxa

तुलसीपुर । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ ।

३ वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो ।

इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

‘अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,’ उनले भने । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनःनिर्माण गरिएको हो । नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनःनिर्माण गरेको हो ।

नेपालले अब चारवटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी रहेको सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले बताए । भारतसीत जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...