प्रवक्ता श्रेष्ठले राजीनामा दिएपछि नेकपामा खैलाबैला

Narayankaji shrehtha

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै निक्कै प्रभावशाली नेता मानिने नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले गत शनिबार राजीनामा दिएका थिए । प्रवक्ता श्रेष्ठले राजीनामा दिएपछि सचिवालय सदस्य बीचमै चिसोपना बढेको छ ।

श्रेष्ठले सचिवालयको बैठक बसिरहेकै बेला ‘अब मलाई प्रवक्ताको पद चाहिँदैन’ भन्दै राजीनामा दिएर बैठक नै छाडेका थिए । त्यसयता उनलाई राजीनामा फिर्ता लिन पटकपटक आग्रह गर्दा पनि मानेका छैनन् । अहिले नेकपा प्रवक्ताविहीन छ ।

राजीनामा दिन बाध्य पारिएको भन्दै रुष्ट बनेका श्रेष्ठ हाल पार्टीका कुनै पनि केन्द्रिय तहका नेताको सम्पर्कमा छैनन् । शनिबारदेखि श्रेष्ठले सचिवालयका कुनै पनि सदस्यको फोनसमेत उठाएका छैनन् ।

उनले अध्यक्षद्धयलाई सम्बोधन गर्दै दिएको राजीनामा फिर्ता नलिएपछि श्रेष्ठलाई फकाउने जिम्मा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । तर, अहिलेसम्म नेपाल र श्रेष्ठबीच कुनै कुराकानी भएको छैन ।

यस्तो छ कारण
चिकित्सा विधेयकको विरोध जनाउँदै डा. गोविन्द केसी अनसनमा बसेका थिए । अनसनमा बसेकै बेला नारायणकाजी श्रेष्ठ डा. केसीलाई भेट्न अनसनस्थल पुगेका थिए ।

उनले त्यो बेला डा. केसीको मागप्रति नैतिक समर्थन पनि जनाएका थिए । श्रेष्ठले डा. केसीको मागप्रति नैतिक समर्थन जनाइरहेका बेला उनको पार्टी नेकपा भने डा. केसीप्रति निक्कै अनुदार बन्दै गएको थियो ।

डा. केसीलाई भेटेपछि श्रेष्ठलाई अध्यक्षद्धय ओली र प्रचण्डले श्रेष्ठको आलोचना गर्दै आएका थिए । शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

त्यतिमात्रै होइन, अर्का अध्यक्ष प्रचण्डले पनि घुमाउरो पारामा किन भेट्नु भएको हो भनी मौखिक रुपमा ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै आलोचना गरेका थिए ।

अध्यक्षद्धयले मौखिक रुपमा स्पष्टिकरण सोधेपछि श्रेष्ठ बैठक स्थलमा निक्कै झोक्किएका थिए । उनले त्यही बेला राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...