इन्फेक्सन भएर दुर्लभ पाटेबाघ म¥यो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ मरेको छ ।
दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए ।
करीब १०–११ वर्षको उक्त बाघलाई तीन महिनाअघि पूर्वी चितवनको खगेन्द्रमल्ली रेञ्जपोष्टअन्तर्गत पर्ने राप्ती एकता मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरी खोरमा ल्याएर राखिएको थियो ।
आठ–दश दिनदेखि बिरामी परेको बाघलाई पशुचिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले उपचार गरिरहेको भए पनि सफल हुन नसकेको ढकालको भनाइ छ ।
उक्त बाघले सो क्षेत्रमा करीब २० वटा जति पशुवस्तु खाएको थियो भने एक जना मानिसलाई समेत आक्रमण गरी घाइते बनाएपछि निकुञ्जले नियन्त्रणमा ल्याएर खोरमा राखेको थियो ।
प्रतिकृया दिनुहोस