नेकपाका प्रमुख सचेतक गुरुङ भन्छन्, विदेशी शक्ति केन्द्रले द्धन्द्ध मच्चाउन खोजे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देब गुरुङले मुलुकको अस्थिरता धावा बोल्ने काम भइरहेको दावी गरेका छन् ।
गुरुङले देशी विदेशी शक्ति केन्द्रहरुकै कारण नेपाल असफल बन्ने चिन्ता थपिएको पनि बताएका छन् ।
दलित कल्याण संघले काठमाडौंमा गरेको एक कायक्रममा नेकपाका प्रभावशाली नेता गुरङले मुलुकको राष्ट्रिय अस्मिता नै कमजोर बन्दै गएको बताए । ‘विदेशी शक्तिहरुले नेपालमा द्धन्द्ध मच्चाइरहन चाहेका छन्’ उनले भने, ‘उनीहरुको एक मात्र सुत्र भनेको नेपालमा अस्थिरता मच्चाउने हो ।’
विदेशी शक्तिहरु कुनीटिक क्षेत्रमा मात्रै सीमित नरहेको तर्क गरे । ‘जसरी पनि नेपाल असफल बनोस् भन्ने उनहिरु चाहन्छन्’ उनले भने ‘२/४ वर्ष मात्रै यही अवस्था रह्यो भने नेपाल पनि नरहन सक्छ ।’
‘कहिले सरकार परिवर्तन गराउने, कहिले संसद भंग गराउन खोज्ने, कहिले संघीयता कार्यान्वयन हुन नदिने जस्ता काममा लागेका छन्’ उनले भने, ‘केही सीप नचले बेबी किङ वा धर्मका कुरा उचालेर पनि मुलुकमा अस्थिरता आएको हेर्ने उनीहरुको मानसिकता छ ।’
उनले दलित, जनजाति, मधेशी वा अल्पसंख्यक समुदायको अधिकार स्थापित हुन नसक्नुमा मुलुकमा देखापरेको संकट नै प्रमुख कारक भएको बताए । उनले अहिले जे जति अधिकार पाएको भए पनि त्यसैलाई मान्दै जाने र मुलुकलाई बचाइसकेर मात्र पूरा अधिकार लिन सकिने तर्क गरे ।
संघका अध्यक्ष मोतीलाल नेपालीको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपाका नेता तिलक परियार, सांसद महेश्वर गहतराज, दुर्गा विक, नेपाल दलित संघका नेता शम्भु हजारा पासवान, मान अधिकार एलाइन्सका उपाध्यक्ष विदुर सुवेदी लगायतले संविधानमा प्रदत्त अधिकारलाई चाँडो भन्दा चाँडो ऐन बनाएर कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस