सर्पदंशबाट एक बालकको मृत्यु
बर्दिवास । बर्दिवासमा एउटा बालकको सर्पको डसाइबाट मृत्यु भएको छ ।
पश्चिम नेपालको कैलाली जिल्लाको अत्तरिया घर भई आफन्तको आश्रयमा बर्दिवास–१४ स्थित सिद्धार्थ आवासीय विद्यालयमा युकेजीमा अध्ययनरत आठ वर्षीय बालक दशरथ ऐरको मंगलबार सर्पको डसाइबाट ज्यान गएको हो ।
विद्यालयको छात्रावासमा सुतेकै बेला सर्पले डसेको ऐरलाई आज बिहान मात्र सर्पदंश उपचार केन्द्र बर्दिवास पु¥याइएको थियो । केन्द्रमा पु¥याइँदा नै प्राविधिकले बालक जीवित नरहेको बताएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।
प्रतिकृया दिनुहोस